५ जेष्ठ २०८१, शनिबार

 

ताराखोलामा जडीबुटीसम्बन्धी अन्तरक्रिया

ताराखोला गाउँपालिका–५ धस्मरमा जडीबुटीसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ बागलुङको आयोजना, ताराखोला स्थानीय महासंघ, ठूलोभिर सामुदायिक वन उपभोक्ता समूह र जुल्फे वन उपभोक्ता समूहको संयोजनमा अन्तरक्रिया गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले कार्यक्रमको सहजीकरण गरेका थिए । उनले वनमा रहेका जडीबुटीको पहिचान र उपयोग गरी आय आर्जन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापा, ताराखोला गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर रोका, ४ नम्बरका वडाध्यक्ष जितबहादुर खत्रीलगायतले पनि धारणा राखेका थिए । कार्यक्रम ठूलोभिर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक रानाको अध्यक्षता, पूर्णमाया रानाको स्वागत र धनबहादुर बुढाको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्