टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दसैंलाई लक्षित गर्दै ग्राहक आकर्षित गर्ने योजना ल्याएको छ । कम्पनीले ‘यो दसैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ स्लोगनसहितको योजना ल्याएको हो । योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरूले हात खाली नजाने आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।
टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विंगर, पिकअप, एसर म्याजिकलगायत गाडी किन्दा वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्टफोन, ट्याबलेट उपहार पाउने कम्पनीले जनाएको छ । त्यसबाहेक ग्राहकले एक वर्षको फ्री सर्भिस कुपनसमेत पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडी बुकिङ गरे पनि विभिन्न उपहार पाउनेछन् ।
लक्की ड्रमार्फत ३० जना भाग्यशाली ग्राहकले बम्पर उपहार पाउने कम्पनीले जनायो । सिप्रदी कमर्सियल गाडीका महाप्रबन्धक अनुपमणि ढकालका अनुसार सधैंजसो दसैंलाई लक्षित गरेर योजना ल्याइएको हो । सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा सरल र सहज रूपमा दिइरहेको जनाएको छ । सहुलियत कर्जाका लागि १६६००१५५७७७ र ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
















































































































































































