५ श्रावण २०८३, मंगलवार

 

बीएमडब्ल्यु बाइक : १० हजार किलोमिटर गुडेपछि सर्भिसिङ

जर्मन अटो ब्राण्ड ‘बीएमडब्ल्यु’का बाइक अहिले नेपाली बजारमा धेरै रुचाइएको बाइक हो । आकर्षक डिजाइन, आरामदायी फिचर्स र बलियो तथा मजबुत बनावटका कारण पनि यो बाइक रुचाइएको हो ।

प्रिमियम ब्राण्ड ‘बीएमडब्ल्यु’ले बाइक खरिद पश्चात उपलब्ध गराउने सेवा सुविधा समेत उत्कृष्ट तबरबाट उपलब्ध गराउँदै आइरहेको छ । यो बाइक आफैंमा बलियो र मजबुत इन्जिनका कारण छिट्टै बिग्रिनहाल्ने हुँदा सर्भिसिङका लागि ग्राहकले घरिघरी वर्कशप धाइरहनु नपर्ने आधिकारिक वितरक बीएमडब्ल्युु मोटरार्ड नेपालका बजार प्रमुख दिपेश श्रेष्ठ बताउँछन् ।

उनका अनुसार हरेक १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक फुल सर्भिसिङ गराए पुग्ने र त्यसवापत जम्मा ५ हजार ५ सय रुपैयाँ खर्च लाग्ने छ । प्रिमियम बाइकमा सर्भिसिङ समेत कम्पनीले प्रिमियम तवरबाटै उपलव्ध गराउँदै आइरहेको उनको दाबी छ । हाल काठमाडौंको नक्सालस्थित शोरुम परिसरभित्र यसको अत्याधुनिक र सुविधासम्पन्न सर्भिस सेन्टर सञ्चालनमा छ ।

बीएमडब्ल्युु नेपाल भित्रिएको २ बर्ष पुग्दै छ । सन् २०१८ को डिसेम्बर महिनामा लन्च गरिएको यसको बिक्री हालसम्म २ सय ५० थान नाघिसकेको र ती सबै बाइक समस्यारहित तवरबाट सञ्चालन भइरहेको श्रेष्ठको भनाइ छ । उनी भन्छन, ‘यदि कुनै समस्या देखिएको खण्डमा कम्पनीले तत्कालै समाधान गर्ने गरेको छ । जेन्युइन स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स समेत बीएमडब्ल्युु ब्रान्डकै पूर्णतः सिन्थेटिक इन्जिन अयाल प्रयोग गरिने हुँदा सर्भिसिङको गुणस्तरमा राइडर ढुक्क रहन सक्छन् ।’

स्पेयर पार्ट्सको मूल्य समेत बजारमा हल्ला चलेजस्तो अत्यधिक महंगो नरहेको उनी बताउँछन् ।

हाल बजारमा यसका ४ मोडल उपलब्ध छन् । जसको मुल्य ९ लाख ५० हजारदेखि ११ लाख १५ हजार रुपैयाँसम्म पर्छ । हाल दसैं अफरको रुपमा बीएमडब्ल्युयु जी ३१० जीएस र बीएमडब्ल्युयु जी३१० आर खरिद गर्न चाहने ग्राहकले ६० हजार रुपैयाँ बराबरको छुट अफर समेत पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung