भगवती ट्रेर्डस बागलुङले दसैंलाई लक्षित गर्दै टिभिएस दसैंको आशा योजना ल्याएको छ । योजना अनुसार ग्राहकले नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।
योजना अनुसार ग्राहकले टिभिएसको मोटरसाइकल खरीदमा ९ हजार र स्कुटर खरिदमा सात हजार पाउनेछन् । यो बाहेक बम्पर उपहारमा हरेक साता एक जनाले आरआर मोडेलको ३१० मोटरसाइकल जित्न सक्नेछन्।
भगवती ट्रेर्डस बागलुङ नगरपालिका –२ हल्लनचाेकले दसैंकाे अवसरमा तिन दिनभित्र ५६ वटा माेटरसाइकल एवम् स्कुटर बिक्री गरेको भगवती ट्रेर्डसका बजार प्रमुख राम आचार्यले नयाँ विश्वलाई बताए । ।

ट्रेर्डसका बजार प्रमुख राम आर्यालयले नेपालीको महान चाड दसैं तिहारको अवसरमा ग्राहकको जीवनमा खुशी ल्याउने योजना ल्याएको बताए ।
‘जब हाम्रा उपभोक्ताको जीवनमा केही मूल्य थप्ने समय आउँछ, तब हामी सधैं केही नवीनतम योजना लिएर आउँछौं,’ उनले भने, ‘दसैंका बेलामा आशा थप्नका लागि आकर्षक योजना लिएर आएका हौं ।’
दशैं तिहारको उपलक्ष्यमा हात खालि नजाने छुटको अफरको योजनाले धेरै युवाहरु र उपभोक्ताहरुले गुणस्तरीय मोटर साइकल र स्कुटर खरीदको लागि भगवती टेर्डसमा आएको भगवती ट्रेर्डसका प्रोपराइटर मनोज खड्काले बताए । भगवती ट्रेर्डसले लामो समयदेखि बागलुङको अटो बजारमा गुणस्तरीय सेवा दिदै आएको छ ।
















































































































































































