
जैमिनी नगरपालिकाका बाढीपहिरोपीडितलाई नेपाल रेडक्रस सोसाइटि बागलुङले प्रतिपरिवार ५ हजार रुपैयाँका दरले सहयोग गरेको छ । जैमिनि नगरपालिका वडा नं १ टुनिवोट र वडा नं ५ विनामारेका पहिरो प्रभावित १० परिवारलाई नगद राहत हस्तान्तरण गरिएको छ ।
उक्त रकम एक कार्यक्रमबीच नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखाका मन्त्री विकास पौडेल र जैमिनी नगरपालिकाका प्रमुख इन्द्र राज पौडेलले संयुक्त रूपमा हस्तान्तरण गरे ।
अकल्पनीय क्षति बेहोरेका जैमिनीबासीको पीडामा थोरै भए पनि राहत दिन सकियोस् भनेर रकम संकलन गरिएको नेपाल रेडक्रस सोसाइटिका सभापति जब्बरबहादुर लामिछानेले नयाँ विश्वलाई बताए ।
राहत हस्तान्तरण कार्याक्रममा नेपाल रेडक्रस सोसाइटि बागलुङ जिल्ला शाखाका सदस्य सुमन भुसाल, नेपाल रेडक्रस सोसाइटि बाग्लुङ जिल्ला शाखाका मन्त्री विकास पौडेल,कुश्मिसेरा उपशाखाका सभापति ऋषिराम पौडेल र जैमिनी नगरपालिकाका प्रमुख इन्द्र राज पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।