१६ कार्तिक २०८३, आईतवार

 

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौड्याल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए । तीनदिने भ्रमण पूरा गरी नरवणे आजै भारत फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung