३ जेष्ठ २०८२, शनिबार

 

टीभीएसको अपाचे आरटीआर २००४ भी मोटरसाइकल सार्वजनिक

टीभीएस मोटर कम्पनीले नयाँ मोटरसाइकल नयाँ अपाचे आरटीआर २००४ भी सार्वजनिक गरेको छ । १९७.७५ सिसी, सिंगल सिलिन्डर, ४ भल्ब आयल कुल्ड इन्जिनको यो मोटरसाइकलले २०.४ पिएस पावर र १६.८ एनएक टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलमा रेन, अर्बन र स्पोर्ट गरी तीनवटा राइडिङ मोड रहेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । यो फिचर पहिले अपाचे आरआर ३१० मा दिइएको थियो ।

यसको ‘सस्पेन्सन’लाई अफ्नो सहजताअनुसार ‘एड्जस्ट’ गर्न सकिन्छ । यो पनि सेगमेन्टमै पहिलो फिचर्स भएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल ‘म्याट ब्लु’ रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा भने कहिलेदेखि आउँछ भन्ने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung