२० बैशाख २०८१, बिहीबार

 

सुनको मूल्य बढ्यो

साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि शुक्रबार जस्तै तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्