१६ बैशाख २०८१, आईतवार

 

आज फेरि घट्यो सुनको मूल्य, तोलाको कति ?

मंगलबार एक हजार ८ सयले घटेको सुन बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ हजार रुपैयाँले घटरे तोलाको ९१ हजार ५ सयमा कोरोबार भइरहेको छ ।

तीन दिनको बीचमा (आइतबारदेखि बुधबारसम्म) सुन प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ।

आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले कम हो।

प्रतिक्रिया दिनुहोस्