१५ बैशाख २०८१, शनिबार

 

सुनको मूल्य फेरि बढ्यो, तोलाको कति ?

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य १ हजार ६ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढ्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्