१५ बैशाख २०८१, शनिबार

 

बजारमा सुनचाँदीको मूल्य कति छ ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

आइतबार २ सयले घटेको थियो । गत हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य ६ सयले घटेको थियाे । सोमबार ७ सयले घटेको सुनको मूल्य मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । बिहीबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्