७ जेष्ठ २०८१, सोमबार

 

संसद् विघटनविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको एकल इजलासले आज सुनुवाइ गर्दै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा पेसी चढेको छ । आइतवार हठात रुपमा गरिएको संसद विघटनविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाविरुद्ध परेका १३ वटा रिट मध्ये १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रवार पेश हुने छ । नेकपामा आन्तरिक विवाद बढेपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘मनोमानी’ रुपमा संसद विघटन गरेपछि सांसद र कानुन व्यवसायीहरुले रिट दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्