१८ भाद्र २०८३, बिहीबार

 

बेलायतमा कोरोनाको नयाँ रूप : टोयोटाको गाडी उत्पादन गर्ने कारखाना फेरि बन्द

कोरोना संक्रमणले नयाँ रुप लिएपछि जापानको अग्रणी उत्पादक कम्पनी टोयोटा मोटोकर्पले बेलायतमा आफ्नो उत्पादनमा फेरि रोक लगाएको छ ।

कोरोना संक्रमण नयाँ रूपमा फैलिएसँगै कम्पनीले फ्रान्समा रहेको आफ्नो प्लान्टको उत्पादनमा गत मंगलबारदेखि रोक लगाएको जापान टाइम्सले जनाएको छ। कोभिडको री–ब्याकसँगै बेलायत सरकारले हवाई यातायातमा प्रतिबन्ध लगाएसँगै आवश्यक सामाग्री ढुवानीमा प्रभाव परेको छ।

जापानी समाचार संस्था क्योदोका अनुसार जाडो यामको विदा शुरु भएसँगै टोयोटाको बेलायतस्थित कारखाना भने आउँदो बिहीबारदेखि बन्द हुनेछन् । तर बेलायतमा संचालन हुँदै आएका टोयोटाको इन्जिन फ्याक्ट्री र गाडी उत्पादन फ्याक्ट्री भने मंगलबार र बुधबारदेखि बन्द गरिएका छन् ।

बेलायतमा रहेको एसेम्बल प्लान्ट गत मंगलबार दिउँसोबाटै बन्द गरिएको कम्पनीले जनाएको छ । गत शनिबार बेलायत सरकारले आफ्नो मुलुकमा कोभिड–१९ दोस्रो चरणको संक्रमण पहिचान भएको घोषणा गरेको थियो। दोस्रो चरणमा फैलिएको संक्रमण सहजै फैलिने पुष्टि भएको आधिकारिक निकायले पहिचान गरेको थियो।

बेलायत सरकारले फ्रान्सलगायत विभिन्न मुलुकमा हुँदै आएको यात्रु आउजाउमा प्रतिबन्ध लगाइसकेको छ। संसारका प्रमुख गन्तव्यहरूबाट बेलायतका लागि भइरहेका उडानहरू स्थगित गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung