७ जेष्ठ २०८१, सोमबार

 

दोहोरो नागरिकता प्रकरण : वडाध्यक्ष धरौटीमा रिहा

दोहोरो नागरिकता प्रकरणमा मुछिएका बागलुङ नगरपालिका–४ वडाध्यक्ष ध्रुबबहादुर केसी धरौटीमा रिहा भएका छन् । डेढ महिनादेखि फरार सूचीमा रहेका केसी अदालत हाजिर भएसँगै १० हजार धरौटीमा रिहा भएका हुन् ।

केसी मंगलबार अदालतमा हाजिर भइ १० हजार धरौटीमा रिहा भएको अदालत बागलुङका श्रेस्तदार सुर्यप्रसाद भण्डारीले जानकारी दिए ।

अदालतमा हाजिर भएर बयान दिएका वडा अध्यक्ष केसी अदालतको आदेश अनुसार १० हजार धरौटी तिरेर तारेखमा छुटेका छन् । झुटो विवरण पेश गरेर दोहोरो नागरिकता बनाएकोे मुद्दामा केसी सहित ५ जनालाई अदालतले पक्राउ आदेश दिएको थियो ।

यस अघि पक्राउ गरेका अन्य अभियुक्त शुक्रबारनै धरौटीमा रिहा भएका छन् । बागलुङ नगरपालिका वडा नं ६ का पंकज सापकोटाले वडा नं ४ को झुटो विवरण पेश गरेर किर्ते नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्