२९ बैशाख २०८२, सोमबार

 

‘ल्याप्चे’ भनेपछि प्रधानन्यायाधीश राणा झोक्किए, बहसबाट हटाए एक वकिल

प्रतिनिधिसभा संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ । बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् ।

‘राष्ट्रपतिले कार्यकारीको निर्णयमा ल्याप्चे लगाउनुभयो। अदालतले कार्यकारीले गरेको निर्णयमा ल्याप्चे नलगाओस्।’ उनले भनेका थिए ।

त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए । राणाले भने, ‘तपाईँलाई ल्याप्चेको अर्थ थाहा छ ? बहस सुन्दिनँ ।’

त्यसपछि अधिवक्ता अनिता गौतम पौडेलले बहस गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung