४ श्रावण २०८३, सोमबार

 

प्रभु लाइफको आईपीओमा ५ लाख ११ हजार जना रित्तै हात

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर शुक्रबार बाँडफाँट भएको छ । बाँडफाटमा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार गरेको बाँडफाँटमा ५ लाख ११ हजार २ सय १६ जना आवेदकको हात भने खाली रह्यो । कम्पनीको आईपीओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएका थिए ।

तीमध्ये २ हजार १ सय ६९ आवेदन रद्द भएका थिए । सदर भएका आवेदनमध्ये १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त सेयर वितरण गरिएको हो ।

कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३–३ लाख कित्ता छुट्याइएको थियो । ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । आईपीओ बाँडफाँड भएसँगै प्रभु लाइफको चुक्ता पुँजी दुई अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung