नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीनवटा वाणिज्य बैंक प्रभु, एभरेस्ट र नेपाल बंगलादेश बैंकको सेयर मूल्य समायोजन गरेको छ ।
आइतबार कारोबार खुल्दा प्रभु बैंकको ३४१ रुपैयाँमा कारोबार हुनेछ । एभरेस्ट बैंकको ६८१ रुपैयाँ र नेपाल बंगलादेश बैंकको २५० रुपैयाँमा कारोबार हुनेछ ।
बिहीबार प्रभु बैंकको सेयर ३७५ रुपैयाँ, एभरेस्ट बैंकको ७१५ र नेपाल बंगलादेश बैंकको सेयर २६५ रुपैयाँ प्रतिकित्तामा कारोबार भएका थिए । प्रभु बैंकले १० प्रतिशत, एभरेस्ट बैंकले ५ प्रतिशत र नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस सेयर दिएपछि नेप्सेले मूल्य समायोजन गरेको हो ।













































































































































































































