२२ बैशाख २०८१, शनिबार

 

आज पनि देशका यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

मंगलबार पनि देशरभको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाखाका अनुसार हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । वाग्मती प्रदेशका एक–दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने मौसमविद् नगरकोटीले बताइन् ।
उनका अनुसार भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्