
शवि शक्ति अटोमोबाइल बागलुङ बजारबाट बजाज डोमिनार २५० सिसीको मोटरसाइकल बिक्री शुरु भएको छ । नेपाली बजारमा ४ लाख ८९ हजार ९ सय पर्ने मोटरसाइकल आइतबार बागलुङमा पनि लञ्च गरिएको हो ।
शिव शक्ति अटोमोबाइलका सञ्चालक शिव साहका अनुसार ५० प्रतिशत डाउन पेमेन्टसहित शुन्य ब्याजदरमा मोटरसाइकल खरिद गर्न सकिनेछ । युवा पुस्ताले रुचाइएको सो बाइकमा एकल सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको छ । डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ ।
क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्ट्स मोटरसाइकल, बजाज डोमिनार ४०० मा समावेश थुप्रै विशेषता छन् ।
डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने सञ्चालक शाहले बताए । उनका अनुसार एक्सचेन्जको पनि सुविधा रहेको छ ।
चालकको आरामका लागि बजाज डोमिनार २५० बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गियरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक छ ।
बाइकमा अगाडि ३०० एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ ।