२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्य बढ्यो

लगातार ओरालो लागेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको छापावाला सुनको मूल्य ६ सयले वृद्धि भइ ९२ हजार ८ सयलाई पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार तीन सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१ हजार सात सयमा तेजाबी सुन सोमबार कारोवार भएको थियो ।

यस्तै चाँदीमा आज तोलामा २० ले वृद्धि भएको छ । एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्