४ श्रावण २०८३, सोमबार

 

चन्द्रागिरिको आईपीओमा १५ गुणा बढी आवेदन

चन्द्रागिरि हिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा मागभन्दा १५ गुणा बढी आवेदन परेको छ । सोमबार साँझसम्म २ करोड १० लाख ५२ हजार ३२० कित्ता आईपीओ माग भएको निष्कासन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

क्यापिटलका अनुसार १० लाख ६७ हजार ८९३ वटा आवेदनबाट २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर माग भएको छ ।

कम्पनीले पुस २४ देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung