१९ भाद्र २०८३, शुक्रबार

 

बागलुङमा बजाज एक्सचेन्ज अफर : पुरानो लगेर नयाँ बाइक !

बजाजले एक्सचेन्ज अफर ल्याएको छ । बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटो मोबाइलले बिग्रिएको र कामै नलाग्ने तथा जुनसुकै अवस्थामा रहेको मोटरसाइकल  र स्कुटर एक्स्चेञ्ज अफर ल्याएको हो । उक्त अफर माघ १९ गतेदेखि २२ गतेसम्म चल्ने छ ।

अटो मोबाइलका सञ्चालक शिव शाहले बिग्रिएको र कामै नलाग्ने अवस्थाको मोटरसाइकल र स्कुटरलाई १५ हजार रुपैयाँ दिने सक्ने बताए । ‘कागजात सहि भएको मोटरसाइकल र स्कुटर प्रचलित बजार मूल्य भन्दा १५ हजार रुपैयाँ थप गरी मुंल्याकन हुन्छ’ उनले भने,  ‘कामै नलाग्ने अवस्थाकाे माेटरसाइकल र स्कुटरलाई १५ हजार रूपैयाँ दिएर एक्स्चेञ्ज गछाैँ ।’

उनका अनुसार नयाँ बाइकमा १० हजार नगद छुट र गिफ आइटम उपहार मिल्नेछ । मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टि सहित फाइनन्सको व्यवस्था गरिरहेको अर्का सञ्चालक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung