१९ भाद्र २०८३, शुक्रबार

 

बागलुङमा बजाज एक्सचेन्ज अफर दुई दिन लम्बियो

बजाजको आधिकारिक विक्रेता शिव शक्ति अटो मोबाइलले एक्सचेन्ज अफर दुई दिन लम्बाएको छ । ग्राहकहरूको चाहना बमोजिम बजाज एक्सचेन्ज अफर लम्बाएको हो ।

अटो मोबाइलले बिग्रिएको र कामै नलाग्ने तथा जुनसुकै अवस्थामा रहेको मोटरसाइकल र स्कुटर एक्स्चेञ्ज अफर
१९ गतेदेखि शुरु गरेको थियो । उक्त अफर माघ २४ गतेसम्म चल्नेछ ।

अटो मोबाइलका सञ्चालक शिव शाहले बिग्रिएको र कामै नलाग्ने अवस्थाको मोटरसाइकल र स्कुटरलाई १५ हजार रुपैयाँ दिने सक्ने बताए । ‘कागजात सहि भएको मोटरसाइकल र स्कुटर प्रचलित बजार मूल्य भन्दा १५ हजार रुपैयाँ थप गरी मुंल्याकन हुन्छु उनले भने, ‘कामै नलाग्ने अवस्थाको मोटरसाइकल र स्कुटरलाई १५ हजार रूपैयाँ दिएर एक्स्चेञ्ज गछौँ ।’

उनका अनुसार नयाँ बाइकमा १० हजार नगद छुट र गिफ आइटम उपहार मिल्नेछ । मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टि सहित फाइनन्सको व्यवस्था गरिरहेको अर्का सञ्चालक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung