२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्य घट्यो

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा दुई सयले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४०० मा कारोबार भएको छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६०० मा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २०० ले घटेको छ । ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज ८९ हजार ९५० मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्