२२ बैशाख २०८१, शनिबार

 

आजको मौसम कस्तो छ ?

पश्चिमी वायुका प्रभावले आज मौसम परिवर्तन भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ ।

प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन सापकोटाले जानकारी बताए ।

उनका अनुसार काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हट्ने छ । ‘काठमाडौं उपत्यकामा बिहान १०–११ बजेपछि बादल लाग्ने छ र साँझ ५–६ बजेबाट पूरै हटेर जाने छ ’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्