नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ । काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।
कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरूसम्मलाई मोटरसाइकल नभई नहुने भइसकेको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ ।
नेपालमा सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जामको समस्या आदिको कारण मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धि भएको जानकारहरू बताउँछन् ।
नेपालमा बजाजका मोटरसाइकल लोकप्रिय छ। बजाजले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ।
भर्खरै मात्र बजाजले आफ्ना मोटरसाइकलको मूल्य परिमार्जन गरेको छ ।

















































































































































































