२२ बैशाख २०८१, शनिबार

 

काठमाडौं उपत्यकासहित देशका यी स्थानमा मेघ गर्जनसहितको वर्षा

काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा मेघ गर्जनसहितको वर्षा भएको छ । सोमबार दिउँसो काठमाडौं उपत्यकामा मेघ गर्जनसहितको वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन हित हल्का वर्षा भइरहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ ।

विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिइन् । उनका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ ।

प्रतिक्रिया दिनुहोस्