४ जेष्ठ २०८१, शुक्रबार

 

पश्चिम नेपाल बस व्यवसायीको चुनावमा एमाले–माओवादी गठबन्धनलाई बहुमत

पश्चिम नेपाल बस व्यवसायी प्रालिको प्रथम अधिवेशनमा एमाले माओवादी गठबन्धनलाई बुहत प्राप्त भएको छ । ११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात पारेका हुन् ।

एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरु दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यवसायीहरु पदम गाहाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

माओवादी केन्द्र निकट खरेल प्रालिका निवर्तमान अध्यक्ष हुन् भने कांग्रेस निकट गाहा प्रबन्ध सञ्चालक थिए । २३ सय ९६ मतदाता रहेको संघको चुनावमा २ हजार ८६ मत खसेको थियो ।

खरेल प्यानलबाट खरेलले १३३८ मत, जीवनकुमार बञ्जाडेले १५३० मत, रामचन्द्र भुसालले १३८६ मत, मोहन पीएसले १४८४ मत, चेतनारायण बेलवासेले १३५७ मत, नारायणप्रसाद घिघिरेले ११४६ मत, गोपाल पौडेल १२९० मत र कृष्णप्रसाद सापकोटा ११४९ मत सहित विजयी भएका छन् ।

यस्तै पदम गाहाको प्यानलबाट गाहाले १३८९ मत, कृष्णप्रसाद पाण्डेले १११७ मत र सुरेन्द्र श्रेष्ठले १४२२ मतसहित विजयी भएका निर्वाचन अधिकृत यानेन्द्र जीसीले जानकारी दिए । अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्