२० भाद्र २०८३, शनिबार

 

बागलुङमा इन्धन बिनै चल्ले विद्युतीय स्कुटर भित्रियो

बागलुङमा इन्धन बिनै चल्ले विद्युतीय स्कुटर भित्रिएको छ ।‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर बागलुङ वजारमा भित्राएको हो ।

उपभोक्तालाई मध्यनजर गर्दै वातावरणमैत्री र इन्धनको समेत बचत हुने स्कुटर जिल्लामा पहिलोपटक भित्रिएको ‘एस एण्ड एस’ अटोमोबाइल बागलुङका संचालक विष्णुराज पन्तले बताए ।
विद्युतीय यी स्कुटरको ब्याट्री विजुलीबाट चार्ज गर्न सकिने हुँदा पेट्रोलियम इन्धनमा भन्दा कम खर्च लाग्ने कम्पनीले दावी गरेको छ ।

शो रुमका सञ्चालक विष्णुराज पन्तले रु. एक लाख ३५ हजारदेखि रु. दुई लाख १७ हजारसम्म मुल्य पर्ने दुई प्रकारका स्कुटर बिक्रीमा राखिएको बताए ।

लिथियम र लिड गरी दुई किसिमका ब्याट्रीबाट चल्ने स्कुटर बजारमा ल्याएको र लिथियममा आधारित ब्याट्री भएको स्कुटर एकपटक चार्ज गरेपछि १०५ किमि र लिड ब्याट्रीबाट ६५ किमि गुड्छ ।

लिथियम ब्याट्रीको एक लाख ५० हजार किमि र लिड ब्याट्रीको ६५ हजार किमि ग्यारेण्टी रहेको पन्तको भनाइ छ । यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, , फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरु समावेश रहेको छ ।

स्कुटरलगायत अन्य पाटपुर्जामा एक वर्षको ग्यारेण्टी छ । स्कुटरको प्रतिघण्टा ५५ किमिसम्म गुड्न सक्ने क्षमता छ । विद्युत् भएको ठाउँमा ब्याट्री सजिलै चार्ज गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung