२१ बैशाख २०८१, शुक्रबार

 

आज सुनको मूल्य कति छ ?

नेपाली बजारमा मंगलवार सुनको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यसैबीच मंगलवार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको छ । सोमवार चाँदी तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । भने मंगलवार ५ बढेर तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्