वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन्।
बैतडीका दोगडोकदार गाउँपालिका–७ का वडाध्यक्ष एक महिलासँग पक्राउ परेका छन् । वडाध्यक्ष भरत महरा एकजना महिलासँग होटलमा शङ्कास्पदरूपमा भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।
बैतडीका प्रहरी प्रमुख नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।



















































































































































































































