२१ भाद्र २०८३, आईतवार

 

‘भोलिदेखि पठाओ सडकमा देखे कारबाही गछौं’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (बुधबार) देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओ चल्न नदिने जनाएको हो ।

पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ । आज पठाओका राइडरलाई ट्याक्सी चालकले कुटपिट गरेका थिए ।

ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले पठाओ सडकमा देखे कारबाही गर्ने बताए ।
‘लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung