लायन्स क्लब अफ धौलागिरि र लायन्स क्लब अफ बागलुङ सिटीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छन् ।बागलुङ नगरपालिका वडा नं ४ मा रहेको बागलुङ विशेष बाल कक्षा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ५० हजार
बराबरको शैक्षिक सामग्री र पोशाक वितरण गरिएको लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष जयराम भारीले नयाँ विश्वलाई बताए ।
कार्याक्रममा सुस्त मनस्थिति कल्याण संस्थाकी अध्यक्ष मनमाया श्रेष्ठ,लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष लक्ष्मी धर्ती श्रेष्ठ, बागलुङ
विशेष बाल कक्षा आधारभुत विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ,लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष जयराम भारीले मन्तव्य व्यक्त गरेका थिए ।कार्याक्रमको संचालन लायन्स क्लव अफ धौलागिरिका सचिव राजेश भारीले गरेका थिए ।



















































































































































































































