२३ बैशाख २०८१, आईतवार

 

काठमाडौंमा भारी वर्षा

काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको हो ।

अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्विनी प्रदेशका विभिन्न भूभागमा बदली भएको छ ।

देशका अधिकांश भू–भागहरुमा बदली रहने मौसम विद् शान्ति कँडेलले जानकारी दिइन् । देशका केही स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्