३ जेष्ठ २०८२, शनिबार

 

जैदीमा २७ जनाको स्वाब संकलन

जैमिनी नगरपालिका–७ जैदीमा २७ जनाको स्वाब संकलन गरिएको छ । जैदीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका २७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धौलागिरि अस्पतालमा पठाएको वडासदस्य केन्द्र रसाइलीले जानकारी दिए ।

उनका अनुसार महामारीको समयमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई सेनिटाइजर र मास्क पनि वितरण गरिएको छ ।

कोभिडसँग मिल्दो जुल्दो लक्षण भएका २७ जनाको घरपरिवारलाई संक्रमण नफैलियोस् भनेर केही थान मास्क, एक–एकवटा सेनिटाईजर वितरण गरिएको सदस्य रसाइलीले बताए । उनीहरुको रिपोर्ट भोलि आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung