४ कार्तिक २०८३, मंगलवार

 

आविष्कार केन्द्रले बनाइदियो गंगालाल अस्पतालका सात भेन्टिलेटर, जोगाइदियो एक करोड

प्रविधि क्षेत्रका अभियन्ता महावीर पुनले कोरोनाका कारण अस्पतालमा बिरामीको चाप बढिरहेका बेला नेपालमै रहेका भेन्टिलेटरहरू मर्मत गरेर प्रयोगमा ल्याउन सकिने बताएका छन् ।

बिग्रेर थन्किएका भेन्टिलेटरलाई यहीँ थोरै लगानीमा मर्मत गर्न सकिने उनको भनाइ छ ।महामारीको समयमा नयाँ भेन्टिलेटर खरिदसँगै यहीँ रहेकाको मर्मतमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै अभियन्ता पुनले यसबाट राष्ट्रको करोडौं रुपैयाँ बचाउन सकिने औंल्याएका छन् ।

हालै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्ट्याटसमा आविष्कार केन्द्रका स्वयंसेवकहरूले भेन्टिलेटर मर्मत गरेर एक करोड रुपैयाँ जोगाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘सबैले सकिन्छ भने नयाँ भेन्टिलेटर र अन्य मेडिकलका सामान पनि किन्नुहोस् तर पुरानालाई पनि सकेसम्म मर्मत गर्नुहोस् ।’उनका अनुसार केन्द्रका स्वयंसेवकहरूले सहिद गंगालाल हृदय केन्द्रका सातवटा भेन्टिलेटर मर्मत गरिदिएका हुन् ।

‘ती भेन्टिलेटर बनाउनका लागि चाहिने साधारण पार्टपुर्जा त्यहीँ अस्पतालमै रहेछन्,’ उनले लेखेका छन्, ‘यसरी ७ वटा भेन्टिलेटर बनाउन एक पैसा पनि खर्च भएन, ६ जना भाइको ४ दिनको मिहिनेत मात्र खर्च भयो ।’

यस्तै कामका लागि भनेर आफूले भारतमा बस्ने नेपालीहरूलाई भेन्टिलेटरका केही पार्टपुर्जा किनेर पठाइदिन भनेको पनि पुनले जनाएका छन् ।

‘सित्तैमा मागेको चाहिँ होइन, हाम्रो अनुभवअनुसार एउटा बिग्रेको भेन्टिलेटरले १० हजारदेखि ५० हजार रुपैयाँसम्मका पार्टपुर्जा फे¥यो भने

काम गर्दो रहेछ,’ उनको भनाइ छ, ‘यसरी अलिकति पैसा खर्च गरेर १५,२० लाख रुपैयाँ पर्ने भेन्टिलेटर बन्छन् भने किन नबनाउने रु’ यसका लागि मद्दत चाहिए राष्ट्रिय आविष्कार केन्द्रलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung