१४ बैशाख २०८१, शुक्रबार

 

धौलागिरि अस्पताललाई नेपाल हेरिटेज च्यारिटी फाउन्डेसनको सहयोगमा ३ लाख ८६ हजारको अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री

धौलागिरि अस्पताललाई थप दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरूप प्राप्त भएको छ । क्यानडास्थित नेपाल हेरिटेज च्यारिटी फाउन्डेसनले कोरोना संक्रमितको उपचार सहज बनाउन अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको होे ।

फाउन्डेसनले अस्पताललाई ३ लाख ८६ हजार रुपैयाँ पठाएकोमा दुई थान अक्सिजन कन्सन्ट्रेटर र अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरिएको थियो ।

फाउन्डेसनका तर्फबाट उक्त अक्सिजन कन्सन्ट्रेटर आइतबार धौलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना र मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेललाई स्थानीय संयोजनकर्ता राम शर्माले हस्तान्तरण गरे ।

धौलागिरि अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अस्पतालको अक्सिजन प्लान्टले नधानेपछि बाहिरबाट मगाउनुपरेको छ । अहिले दैनिक एक सयभन्दा बढी अक्सिजन सिलिन्डर खपत भइरहेको अस्पतालले जनाएको छ ।

अक्सिजन नपाएर बिरामीको मृत्यु नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको फाउन्डेसनका अध्यक्ष देवेन्द्र हमालले बताए ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी राना, अधिवक्ता राम शर्मालगायतले अक्सिजन कन्सन्ट्रेटर जुटाउन फाउन्डेसनसँग समन्वय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्