४ कार्तिक २०८३, मंगलवार

 

बागलुङमा असार ७ गतेसम्म निषेधाज्ञा थप

कोरोना संक्रमण बढ्दै गएको भन्दै बागलुङ जिल्लामा निषेधाज्ञा थप भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बागलुङ जिल्लाभित्रका सबै वडामा लागू हुने गरी असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले नयाँ विश्वलाई जानकारी दिए ।

आइतबार र बुधबार बैंक तथा वित्तिय संस्थाहरु बिहान ७ देखि १० बजेसम्म खुल्न पाउने निर्णयले निरन्तरता पाएको छ ।

निषेधाज्ञामा अतिआवश्यक सेवा खाद्यान्न, तरकारी, दुध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बिउबिजन बाहेकका सेवाहरु बन्द गरिने भएको छ ।सरकारी साधन बाहेक अन्य सवारी साधन बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung