१७ बैशाख २०८१, सोमबार

 

प्रधान परिवारद्वारा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग

बागलुङ घर भई कामाण्डौ व्यवसाय गरी वस्ने प्रधान परिवारले बागलुङका विभिन्न संघसस्था र स्थानीय निकायलाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

व्यवसायी डिल प्रसाद प्रधान र गंगादेवी प्रधानका छोरा प्रकाश प्रधान र बुहारी अन्जु प्रधानले सहयोग गर्नु भएको ति स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघको समन्वयमा वितरण गर्ने गरी सहयोग गरेका हुन ।

व्यवसायी प्रधानले पठाएको स्वास्थ्य सामग्री आज जिल्ला ट्रफिक प्रहरी कार्यलय र मानव सेवा आश्रमलाई हस्तान्त्रण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वद्रीनाथ शर्मालाई होटल तथा रेष्ट्र्रेन्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारी र पत्रकार महासंघका अध्यक्ष नरेश कडेलले सर्जिकल मास्क, थर्मलगन, अक्सिमिटर प्रदान गर्नु भएको थियो ।

त्यस्तै मानसेवा आश्रमलाई पनि १ थान अक्सिजन कन्सन्ट्रेटरसहित मास्क अक्सिमिटिर सहयोग गरिएको छ । शिक्षासेवी जगन्नाथ आचार्य ,पत्रकार महासंघका अध्यक्ष नरेश कडेल,रेडक्रसकर्मी भवानी प्रसाद कडेल, होटल तथा रेष्ट्र्रेन्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले मानव सेवा आश्रमका संयोजक सुमिरा लामालाई हस्तान्त्रण गर्नु भएको थियो ।

बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीको लेखानी स्वास्थ्यचौकी र ताराखोला गाउँपालिकालाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर सहित थर्मलगन ,अक्सिमिट ,मास्क लगाएतका स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्