१७ बैशाख २०८१, सोमबार

 

श्रीमतीको स्मृतिमा मानव सेवा आश्रममा सहयोग

बागलुङ नगरपालिका ६ सिम निवासी डिल्ली प्रसाद आचार्यले आफ्नी श्रीमतीको स्मृतिमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।
श्रीमती पवित्रा आचार्यको १४औं वार्षिक पुण्य तिथिको अवसर पारेर आश्रमलाई सहयोग गरेका हुन् । आचार्यले आश्रमका लागि नगद ६ हजार सहित चामल, दाल, नुन, तेल, आटा,चिनी लगायत ९ हजार बरावरको खाद्यान्न हस्तान्त्रण गरेका थिए ।

बागलुङका युवाहरुको सकृयतामा सञ्चालनमा आएको आश्रम सहयोगकै भरमा चल्दै आएको आश्रमका संयोजक सुमिरा लामाले बताईन ।
आश्रममा जन्मदिन, बिवाह वार्षिकी, कुनै संघ संस्थाको स्थापना दिवस तथा अन्य कार्यहरुमा खाद्यान्न सहयोग आउने भएपनि मृतकको स्मृतिमा भने निकै कम सहयोग आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्