२३ बैशाख २०८१, आईतवार

 

न्यूनचापीय रेखा नेपाल प्रवेश  : आज यी नदीमा बाढी आउने सम्भावना

आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ ।

वर्षाका कारण आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्नेछ ।

त्यस्तै नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाब उल्लेख्य बढी केहीमा सतर्कता तह पार गर्नेछ ।

बाढीका कारण तटीय क्षेत्रमा क्षति पुग्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्