बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका—२ की ८० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । उनलाई गत असार २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।
योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । बागलुङमा अहिले पनि २७७ जना सक्रिय संक्रमित रहेका छन् ।





























































































































































































