४ कार्तिक २०८३, मंगलवार

 

१२१ जनाले लगाए ताराखाेलामा कोरोनाविरुद्धको दोस्रो खोप

ताराखोला गाउँपालिकामा १ सय २१ जनाले कोरोनाविरुद्ध दोस्रो खोप लगाएका छन् । गत जेष्ठ २७ गते पहिलो मात्र भेरोसेल खोप लगायका ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका १२१ जनाले खोप लगाएको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए ।

अमरभुमी स्वास्थ्य चौकीमा ४० जना ,अर्गल स्वास्थ्य चौकीमा २७ जना , हिल स्वास्थ्य चौकीमा १८ जना , ताराखोला स्वास्थ्य चौकीमा ३६ जना गरि जम्मा १ सय २१ जनाले भेरोसेल खोप लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung