सिप्रदी ट्रेडिङ र ज्योति विकास बैंकबीच टाटा ब्रान्डका पिकअप र कार्गो गाडी खरिदका लागि कर्जासम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिसप्राप्त ग्राहकहरूले टाटा ब्रान्डका पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।
उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे ।
यो सम्झौतापछि ज्योति विकास बैंकबाट टाटाका पिकअप र कार्गो गाडी ग्राहकहरूलाई ७० प्रतिशतसम्म कर्जासहित सजिलै प्राप्त हुने कम्पनीले जनाएको छ ।
बैंकको देशभरि फैलिएका १ सय ५ वटै शाखाबाट उक्त कर्जा सेवाको लाभ लिन सकिने बैंकले जनाएको छ ।
















































































































































































