२० भाद्र २०८३, शनिबार

 

‘प्रोटोन एक्स सेभेन्टी’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

जगदम्बा मोटर्सले प्रोटोनको पहिलो एसयूभी पोटोन एक्स सेभेन्टी गाडी बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ । यो गाडीमा ढोका बन्द गर्न र खोल्न ‘इन्टेलिजेन्ट की’ को व्यवस्था छ ।

गाडीमा रहेको अत्याधुनिक भ्वाइस कमान्ड सिस्टमले गाडीभित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा गर्न

सहयोग पुर्‍याउनेछ । भ्वाइस कमान्ड सिस्टममार्फत एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफूले चाहेको संगीत सुन्न, गाडीका विभिन्न फिचर्सबारे सोधपुछदेखि पूरा सिस्टम कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ ।

गाडीमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टमअन्तर्गत रहेको थ्रीडी होलोग्राफिक डिटेक्सनमा २ सेन्सर, ५ क्यामेरा र ९ वटा राडर छन् ।

कम्पनीका अनुसार यसमा बो सेपको फ्रन्ट बम्पर, फ्लोटिङ रुफ डिजाइन, बाघको जस्ता आँखाको आकार भएको एलईडी हेडल्याम्प,

दिउँसो बल्ने एलईडी ल्याम्प, पानी परेको थाहा दिने वाइपर्स, पानारोमिक सनरुफ तथा की सेन्सरको साथ पावर टेलिगेटजस्ता धेरै आकर्षक फिचर छन् । जसले यसलाई अरूभन्दा फरक र आकर्षक बनाउँछ ।

यसको इन्टेरियरमा छालाबाट बनेको सिट र स्टेरिङ ह्विल छ । यसमा रेडियो नियन्त्रण र ब्लुटुथ फोन नियन्त्रण प्रणाली पनि समावेश गरिएको छ । यस्तै आठ इन्चको ठूलो स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट एयर फिल्टर छन् ।

यसमा एन ९५ केबिन फिल्टर, ६ यूएसबी पोर्टहरू तथा भेन्टिलेटेड फ्रन्ट सिट यस एसयूभीको इन्टेरियरमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली छ ।

यसमा रहेको १५ जीडीआई टर्बोचार्ज डाइरेक्ट इन्जेक्सन इन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ सात स्पिड डीटीसी प्रदान गर्छ भने

इन्टेलिजेन्ट रियल टाइम चार डब्लूडी डुअल–मोड इलेक्ट्रिक पावर स्टेयरिङ तथा प्रोटन ट्युन्ड चेसिसले हिल होल्ड असिस्ट र हिल डिसेन्ट असिस्टमा सहायता पु¥याउँछन् ।

सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दा यो गाडी एकदमै भरपर्दो छ । फाइभ स्टार सेफ्टी रेटिङ पाएको यस गाडीमा ६ ओटा एयरब्याग्स छन् ।

यसै गरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम,

इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्रीडी क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता अत्याधुनिक सुरक्षा प्रविधि पनि समाविष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung