२० भाद्र २०८३, शनिबार

 

सार्वजनिक यातायातको भाडा बढ्यो, साउन १ देखि लामो दूरीका सवारीसाधन चलाउने तयारी

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेकाले भाडादर वृद्धि गरेको जनाएको छ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले बताए ।

विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २६ प्रतिशतले बढेको छ।

यसैबीच सरकारले यही साउन १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung