२१ बैशाख २०८१, शुक्रबार

 

नाडाको चुनाव भदौ २५ मा

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को चुनाव आगामी भदौ २५ गते हुने भएको छ । नाडाको कार्यसमिति बैठकले चुनावको मिति तय गरेको महासचिव सुनील रिजालले बताए ।

उनका अनुसार प्रादेशिक संरचनामा रहेको नाडाको भदौ २५ गते सातै प्रदेशमा एकसाथ चुनाव हुनेछ । हाल नाडामा ३ हजार ३६५ मतदाता छन् ।

आगामी चुनावमा अध्यक्ष पदका लागि सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र हिमालयन अर्गनाइजेसनका अध्यक्ष तथा अटोमोबाइल व्यवसायी ध्रुव थापाले उम्मेदवारी दिएका छन् । आगामी कार्यसमितिका लागि अन्य सदस्यको हालसम्म उम्मेदवारी आइनसकेको रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्