२१ भाद्र २०८३, आईतवार

 

शिव शक्ति अटो मोबाइलसमा बजाज एक्सचेन्ज अफर : पुरानो लगेर नयाँ बाइक

बजाजले एक्सचेन्ज अफर ल्याएको छ । बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेताले बिग्रिएको र कामै नलाग्ने तथा जुनसुकै अवस्थामा रहेको मोटरसाइकल र स्कुटर एक्स्चेञ्ज अफर ल्याएको हो ।

उक्त अफर बागलुङ नगरपालिका वडा नं १ रामरेखामा रहेको शिव शक्ति अटो मोबाइल सो रुपमा साउन २४ गतेदेखि २९ गतेसम्म चल्ने छ ।

अटो मोबाइलका सञ्चालक शिव शाहले बिग्रिएको र कामै नलाग्ने अवस्थाको मोटरसाइकल र स्कुटरलाई १५ हजार रुपैयाँ दिने सक्ने बताए ।

‘कागजात सहि भएको मोटरसाइकल र स्कुटर प्रचलित बजार मूल्य भन्दा १५ हजार रुपैयाँ थप गरी मुंल्याकन हुन्छ’ उनले भने, ‘कामै नलाग्ने अवस्थाको मोटरसाइकल र स्कुटरलाई १५ हजार रूपैयाँ दिएर एक्स्चेञ्ज गछौँ ।’

उनका अनुसार नयाँ बाइकमा १० हजार नगद छुट र गिफ आइटम उपहार मिल्नेछ ।

मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टि सहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शिव शंकर शाहको भनाइ छ ।

लामो समयदेखि बागलुङमा शिव शक्ति अटो मोबाइलले ग्राहकहरुलाई राम्रो सेवा र सुविधा दिएर विश्वास जितेकोले बजाज मोटरसाइकलको विक्री बढेको र युवाहरुको एक मात्र रोजाइ बजाज मोटरसाइकल रहेको छ ।

विगत लामो समयदेखि बजाज मोटरसाइकल प्रयोगबाट आफनो आर्थिक विकास र पेशामा सहयोग पुगेको विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक कुलराज शर्माले नयाँ विश्वलाई बताए ।

मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउँदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टीसहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung