धौलागिरि अधिकृत विक्रेता संघ नेपालले म्याग्दीको बेनीका दुई जना आगलागी पीडित व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।
मंगलवार भएको आगलागीबाट पसल जलेका न्युरोडका ब्यवसायी जगन्नाथ शर्मा र प्रमोद शर्मालाई ६५ हजार राहत सहयोग गरेको हो ।
संघका अध्यक्ष बद्री ढुगाना ,महासचिव हेमन्त बाँनिया , म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलवहादुर कटुवाल लगाएतको उपस्थितिमा भएका कार्यक्रममा सो सहयोग हस्तान्तरण गरिएको थियो ।
धौलागिरी अधिकृत विक्रेता संघका सदस्य समेत रहेको नयन स्टोर्सका संचालक जगन्नाथ शर्मालाई ५० हजार र रघुगगा डेरी तथा जुुुस कर्नरका संचालक प्रमोद शर्मालाई १५ हजार सहयोग गरिएको हो । आगलागीबाट पसलमा पुर्ण क्षति भएकोले सहयोग गरिएको धौलागिरी अधिकृत विक्रेता संघका अध्यक्ष बद्री ढुगानाले बताए ।



















































































































































































































