बागलुङमा निषेधाज्ञाको समयमा बिनाकाम चलाइएका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबारदेखि कडाइ गरिएको निषेधाज्ञामा जरुरी कामबिना सञ्चालन गरिएका चारवटा जिप तथा ट्याक्सी र १५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारीसाधन जिल्ला प्रहरी कार्यालयमा होल्ड गरेर राखिएको र आवश्यक कारबाहीपछि मात्रै फिर्ता गरिने प्रहरी निरीक्षक विराट पौडेलले बताए ।
‘निषेधाज्ञाको समयमा अनावश्यक रूपमा सञ्चालन गरिएका सवारीसाधन हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अहिले जिल्ला प्रहरी कार्यालयमा होल्ड गरेका छौं ।’ नियन्त्रणमा लिइएका दुईपांग्रे सवारीलाई दुई हजार र चारपांग्रेलाई ५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने बताइएको छ ।
















































































































































































